नेप्सेका सीईओ चापागाईंले दिए राजीनामा
onlinekhabar.com · Mon Jul 06 11:23:13 GMT 2026

२२ असार, काठमाडौं । नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले राजीनामा दिएका छन् । चापागाईंले सोमबार अर्थमन्त्रालय पुगेर आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।
नेप्सेको प्रमुख कार्यकारी अधिकृतले राजीनामा दिएको अर्थमन्त्रालयका प्रवक्ता अमृत लम्सालले बताए । तर कारणबारे आफूलाई जानकारी नभएको उनको भनाइ छ । लम्साल नेप्सेका अध्यक्ष पनि हुन् । ‘चापागाईंले राजीनामा दिनुभएको जानकारी पाएँ,’ उनले भने,‘ उहाँसँग भेट पनि भएको छैन र उहाँले बुझाएको पत्र पनि नहेरेको हुनाले राजीनामा दिनुको कारण थाहा भएन।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ