मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

अभिनव विष्णुचन्द्र गद्य कविता पुरस्कार अर्पण

barnanmedia.com · Sat Jun 14 21:53:23 GMT 2025

काठमाडौँ, १ असार : अभिनव साहित्य समाजले यस वर्षको अभिनव विष्णुचन्द्र वर्षोत्कृष्ट गद्य कविता पुरस्कारबाट बुद्धिसागर पौड्याललाई सम्मानित गरेको छ । उहाँ रु १० हजार नगदसहित सम्मानित हुनुभएको हो ।

भैरव स्मृति भवनमा आयोजित कार्यक्रममा २८०औँ मासिक शृङ्खलाअन्तर्गत गृष्म कवि गोष्ठी र प्रमुख अतिथि प्राध्यापक तथा पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहालले आफ्नो मन्तव्यमा विद्यार्थी तथा अन्य कविकवयित्रीलाई लेख्नका लागि उत्प्रेरित गर्दै सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको छ । विशेष अतिथिहरूमा शीतल गिरी, आरसी रिजाल, ध्रुव थापा, प्रदीपरत्न शाक्य, श्रीकृष्ण पुडासैनी मधुसुदन घिमिरे, खोलाघरे साहिँलो, गङ्गाप्रसाद भेटवाल, निर्मलरमण पराजुली आदि रहनुभएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)