मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति

barnanmedia.com · Sat Jun 14 22:02:05 GMT 2025

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक सय शय्यामा स्तरोन्नति भएको छ । जिल्ला अस्पतालका रूपमा १५ शय्याबाट सेवा सुरु गरेको अस्पताल गण्डकी प्रदेशको प्रादेशिक अस्पतालमा परिणत भएसँगै यही जेठ १२ गतेबाट एक सय शय्यामा स्तरोन्नति भएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रमेश आचार्यका अनुसार गण्डकी प्रदेशको मन्त्रिपरिषद् निर्णयबाट सय शय्यामा स्तरोन्नति भएको अस्पतालको दरबन्दी, जनशक्ति र पूर्वाधार गण्डकी प्रदेश सरकारबाट थप हुँदै जाने सहमति भएको छ । अहिले अस्पतालमा ९९ जनाको दरबन्दी रहेको भन्दै आचार्यले आगामी चार वर्षभित्र एक सय शय्यालाई आवश्यक पर्ने दरबन्दी थप गर्दै लैजाने सहमति भएको बताउनुभयो । अस्पतालले सुरुआती अवस्थामा २२ विशेषज्ञ चिकित्सक र १५ मेडिकल अधिकृतको दरबन्दी पुर्याउने गरी गण्डकी प्रदेश सरकारसँग सम्झौता गरेको भन्दै डा आचार्यले सुरुआती अवस्थामा अप्राविधिक जनशक्ति स्थानीय स्रोतसाधनबाट राखिने बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)