मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति’अन्तर्गत ४२ विद्यार्थी लाभान्वित
kendrabindu.com · Fri May 22 06:22:15 GMT 2026

काठमाडौं । सामाजिक उत्तरदायित्वप्रति आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै मुक्तिनाथ विकास बैंकले “मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति” अभियान अन्तर्गत यस आर्थिक वर्ष देशभर कक्षा ११ मा अध्ययनरत ४२ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ।
उक्त छात्रवृत्ति आर्थिक रूपमा विपन्न, जेहेन्दार तथा अवसरबाट वञ्चित समुदायका विद्यार्थीहरूलाई लक्षित गरी प्रदान गरिएको हो। आर्थिक अभावका कारण अध्ययनलाई निरन्तरता दिन कठिनाइ भोगिरहेका विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बैंकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)