ओलीको 'एकतारे' अभिव्यक्तिले एमालेमा तरङ्ग, १० बुँदे र अपानि-१२ पनि स्थायी कमिटीको अजेण्डा
nepallive.com · Thu Oct 21 16:51:00 GMT 2021
काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बुधबार १० बुँदे सहमतिको पूर्ण कार्यान्वयन आवश्यक नरहेको अभिव्यक्ति दिए। बुधबार एमाले बागमती प्रदेश कमिटीको बैठकमा सम्बोधन गर्ने क्रममा ओलीले १० बुँदेको सन्दर्भलाई एकतारेसँग तुलना गर्दै त्यसलाई बजाउनु आवश्यक नभएको बताए।
ओलीको यो अभिव्यक्तिले एमालेमा १० बुँदे सहमतिलाई अक्षरश कार्यान्वयन हुनुपर्ने माग राखिरहेका नेताहरुलाई सशंकित बनाएको छ। पार्टीको विधान महाधिवेशनलगत्तै बसेको स्थायी कमिटी बैठकमा पनि यस विषयलाई नेताहरुले उठाएका छन्। पार्टी अध्यक्षले दिएको अभिव्यक्तिले एमालेभित्र एक खालको तरङ्ग ल्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)