सिरहामा बिक्री गर्न लागेको अनुदानको १३ बोरा युरिया मल बरामद
onlinekhabar.com · Mon Jun 15 02:01:34 GMT 2026

१ असार, सिरहा। किसानका लागि अनुदानमा उपलब्ध गराइएको १३ बोरा युरिया मल सिरहामा अनधिकृत रूपमा बिक्री भइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरी सिरहाको धनगढीमाइ नगरपालिका-१० स्थित प्रधान किराना पसलबाट १३ बोरा युरिया मल नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रशासन कार्यालय सिरहाको संयुक्त अनुगमन टोलीले विशेष सुचनाको धनगढीमाई नगरपालिका–१० स्थित भरत प्रधानको किराना पसलबाट ३३ केजी दरका १३ बोरा युरिया मल बरामद गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)