ह्यारिसको समर्थन गर्दा स्विफ्टलाई जब मस्कले गर्भवती बनाइदिने कुरा गरे
nepalkhabar.com · Thu Sep 12 08:54:32 UTC 2024

अमेरिकामा यतिबेला आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावका उम्मेदवारद्वय पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिसको चर्चा छ।
बुधबार मात्र उनीहरूबीच राष्ट्रपतीय बहस भएको छ। त्यसमा उनीहरूबीच भएको भनाभनको प्रसंगले यतिबेला सामाजिक सञ्जाल तताइरहेको छ।
यसैबीच सोही विषयमा सामाजिक सञ्जाल ‘एक्स’का मालिक इलोन मस्क र चर्चित अमेरिकी गायिका टेलर स्विफ्टसमेत विवादमा तानिएका छन्।
गायिका स्विफ्टले राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई समर्थन गरेकी छन्।
यसमा रिपब्लिकन उम्मेदवार ट्रम्पका समर्थक मस्कले गायिका स्विफ्टविरुद्ध अमर्यादित टिप्पणी गरेपछि उनको चर्को आलोचना भइरहेको छ।
ह्यारिस र ट्रम्पबीच पहिलो राष्ट्रपतीय बहस सकिएलगत्तै स्विफ्टले इन्स्टाग्राममा ह्यारिसको समर्थन गर्दै ट्रम्पलाई अराजकतावादी भनेकी थिइन्।
यस क्रममा स्विफ्टले बिरालो भएको तस्बिर सेयर गर्दै ‘चाइल्डलेस क्याट लेडी’ लेखेकी थिइन्।
यो पोस्टमा उनले रिपब्लिकन पार्टीबाट उपराष्ट्रपति पदका उम्मेदवार जेडी भेन्सविरुद्ध कटाक्ष गरेकी थिइन्। साथै गायिका स्विफ्टले ह्यारिसलाई भोट दिने उल्लेख गरेकी छन्।
यसमा कमेन्ट गर्दै मस्कले ‘ठीक छ टेलर.. तिमी जित्नु...म तिमीलाई बच्चा दिनेछु र अनि ज्यानै दिएर तिम्रो बिरालोको रक्षा गर्नेछु’ लेखे। यसपछि मस्कविरुद्ध धेरैले गाली वर्षा गरिरहेका छन्।
18
Shares
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)