मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महासंघमा अञ्जन श्रेष्ठले मनोनित गरे ६ जना कार्यसमिति सदस्य

clickmandu.com · Fri May 22 07:07:37 GMT 2026

काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले शुक्रबार ६ जना कार्यसमिति सदस्य मनोनित गरेकाछन् । शिवप्रसाद घिमिरे, मनिषलाल प्रधान, नवीन रिजाल, सारा जोशी, दर्शना श्रेष्ठ र गोकर्ण कार्कीलाई कार्यसमिति सदस्यमा मनोनित गरेकाहुन् ।

बरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको चुनावकै दिन अध्यक्ष श्रेष्ठले ७ जना मनोनित गर्न पाउने अधिकारको प्रयोग गरेर ६ जना सदस्य मनोनित गरेका हुन्।

अध्यक्ष श्रेष्ठको प्यानलबाट वस्तुगत उपाध्यक्षमा ३ मतले चुनाव हारेका घिमिरेलाई पनि मनोनित गरेका हुन् । त्यस्तै, चुनावसम्म अम्बिका पौडेल नै आफ्नो कोषाध्यक्षको उम्मेद्वार रहेको बताउने अध्यक्ष श्रेष्ठले मनिषलाल श्रेष्ठलाई कार्यसमितिमा मनोनयन गर्दै कोषाध्यक्षको उम्मेद्वारका रुपमा अघि सारेका छन् । मनिषलाल महासंघको पूर्वअध्यक्ष महेशलाल प्रधानका छोरा हुन् ।

कार्यसमितिमा मनोनित सारा जोशी पूर्वअध्यक्ष कुशकुमार जोशीकी छोरी हुन् भने नवीन रिजाल कोशी प्रदेशको अध्यक्ष पदमा राजेन्द्र राउतसँगपराजित व्यक्ति हुन् ।

त्यस्तै, मनोनित हुने गोकर्ण पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष हुन् भने दर्शना महिला उद्यमी महासंघ नेपालको अध्यक्ष हुन् ।

गत बैशाख २१ र २२ गते भएको ६०औँ वार्षिक साधारणसभाले अञ्जन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)