कुमारी बैंकद्वारा इलाममा वृक्षरोपण
shilapatra.com · Fri Jun 05 08:10:16 GMT 2026

विश्व वातावरण दिवस २०२६ को अवसर पारेर कुमारी बैंक लिमिटेडले इलाम जिल्लामा ३ सयवटा बिरुवा रोपेको छ । बैंकको फिक्कल शाखामार्फत इलाम नगरपालिका र लुम्बिनी विश्व शान्ति मञ्चसँग सहकार्य गरी इलाम नगरपालिकाको स्वामित्वमा रहेको चियाबगान क्षेत्रभित्र वृक्षरोपण गरिएको हो ।
उक्त वृक्षरोपण कार्यक्रमले भविष्यमा प्राकृतिक सन्तुलन संरक्षण, हरियाली प्रवर्द्धन तथा वातावरणीय सुधारमा टेवा पुर्याउने, जैविक विविधताको संरक्षण र जलवायु परिवर्तनप्रति उत्तरदायित्वपूर्ण कदमका रूपमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)