तेहरानमा अली खामेनीलाई अन्तिम बिदाइ, श्रद्धाञ्जली दिन एक करोड २० लाख मानिसहरू सहभागी
nepalviews.com · Mon Jul 06 12:24:07 GMT 2026

एजेन्सी । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि यात्रा तेहरानमा जारी छ। अमेरिकी–इजरायली युद्धका क्रममा सरकारको ‘अडिग प्रतिरोध’को प्रशंसा गर्दै इरानी अधिकारीहरूले खामेनीको हत्याको बदला लिने चेतावनी दिएका छन्।
तेहरानस्थित ग्रान्ड मोसल्ला धार्मिक परिसरमा दुई दिनसम्म श्रद्धाञ्जलीका लागि राखिएको खामेनीको पार्थिव शरीर सोमबार राजधानीभरि १२ घण्टे यात्रामा निकालिएको हो। हजारौं शोकाकुल नागरिक अन्त्येष्टि यात्रामा सहभागी भएका छन्। अल जजिराले १२ मिलियन मानिसहरू यो श्रद्धाञ्जलीमा सहभागी भएको र यो एक रेकर्ड भएको उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)