मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुँदै

barnanmedia.com · Thu Nov 28 22:03:01 GMT 2024

काठमाडौँ, १४ मङ्सिर : नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ‘लाइनअप’ सार्वजनिक गरिएको छ । बाह्रौँ संस्करणको महोत्सव आगामी मङ्सिर २४ देखि २७ गतेसम्म चल्ने र नेपालसहित २३ देशका ४७ चलचित्र छनोटमा भएको महोत्सवका निर्देशक पाण्डव खत्रीले जानकारी दिनुभयो ।

“यसपटकको संस्करणमा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त चलचित्रसमेत सहभागी हुन आएका छन् । मानवअधिकारसँग सम्बन्धित चलचित्रको प्रवर्द्धन र प्रदर्शनका लागि नियमित रूपमा महोत्सव गर्दै आएको छौँ”, निर्देशक खत्रीले भन्नुभयो । उहाँले ‘अल वी इमाजिन एज लाइट’, ‘द म्यान हु कुड्नट रिमेन्न साइलेन्स’, ‘एन आउटरन’, ‘अनार दाना’, ‘ओटिट’ लगायत चलचित्रको सहभागिताले महोत्सवको रौनकता बढाउने बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)