मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

आँबुखैरेनी अस्पतालमा आकस्मिक रक्तसञ्चार केन्द्र स्थापना

barnanmedia.com · Thu Nov 28 22:01:31 GMT 2024

तनहुँको आँबुखैरेनी अस्पतालमा आकस्मिक रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ । आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको उक्त अस्पतालमा आज रक्त सञ्चार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

आँबुखैरेनी अस्पतालमा उपचाररत बिरामीलाई रगतको अभाव नहोस् भन्ने उद्देश्यसहित रक्तसञ्चार केन्द्र स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पृथ्वीराजमार्गमा दैनिकजसो हुने दुर्घटना, अस्पतालमा प्रसूति सेवा लिन आउने महिला र अन्य बिरामीलाई तत्कालै रगत आवश्यक पर्ने भएकाले अस्पतालमै रक्त सञ्चार केन्द्रको आवश्यकता थियो ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)