राप्रपा महाधिवेशन : पूर्वराजा ज्ञानेन्द्रको ‘सन्देश’ले उत्साहित ‘पूर्वपञ्च’हरु
nepallive.com · Wed Dec 01 01:18:00 GMT 2021
काठमाडौं– 'पूर्वपञ्चहरूको पार्टी' भनिने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को दुइटा प्रमुख अजेन्डा छ- राजतन्त्र र हिन्दूराष्ट्र फर्काउने। त्यहीकारण राप्रपाको एकता महाधिवेशन काठमाडौंमा बुधबारबाट सुरु हुँदै गर्दा त्यसप्रति पूर्वराजा ज्ञानेन्द्रको चासो र प्रभावबारे आमजिज्ञाशा छ।
अहिले आमनागरिको भूमिकामा रुपान्तरण भइसकेका पूर्वराजा ज्ञानेन्द्र कुनै पक्षमा नखुले पनि पछिल्लो समय राजनीतिक चासो देखाउने गरेका छन्। उनले भारतको भ्रमण र तीर्थाटन गर्ने तथा राप्रपाका केही नेताहरूलाई गोप्य रुपमा भेट्ने गर्दै आएका छन्। त्यस्ता भेटमा राप्रपा नेताहरुलाई सशक्त ढंगले पार्टी सञ्चालन गर्न र विभाजन नहुन सुझाव दिने गरेका छन्। त्यसैले महाधिवेशनमा पनि पूर्वराजाको चासोले आगामी नेतृत्व चयनमा प्रभाव पर्ने एक नेता बताए। तर, पूर्वराजा प्रत्यक्ष रुपमा राजनीतिमा सक्रिय नभएकाले उनले सर्मथन गर्ने वा नगर्ने विषयलाई महाधिवेशनमा धेरै महत्वका साथ नहेरिएको राप्रपा अध्यक्ष कमल थापानिकट नेता राजाराम बर्तौलाले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)