मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चीन जानुअघि भारत र अमेरिकालाई खुसी पार्ने ओलीका यी निर्णय

barnanmedia.com · Thu Nov 28 22:38:48 GMT 2024

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते करिब सय जनाको जम्बो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जाँदै छन् । चीनमा बीआरआईसम्बन्धी कुनै पनि कागजातमा हस्ताक्षर नगर्न उनीमाथि दक्षिण र पश्चिमा शक्तिहरुको तीव्र दबाब छ । घरेलु शक्तिहरुमा पनि सत्ता साझेदार प्रमुख दल नेपाली कांग्रेसले विभिन्न सर्तहरु राखेर बीआरआई कार्यान्वयनलाई रोक्न खोजिरहेको छ । त्यसैले ओलीको यस भ्रमणबाट बीआरआई सम्बन्धी कुनै सम्झौता वा समझदारी नहोस् भन्ने कांग्रेसको चाहना छ ।

चीन भ्रमणको गृहकार्य र बीआरआईसम्बन्धी रस्साकस्सी तीव्र चलिरहेका बेला यही बीचमा ओली सरकारले केही भूराजनीतिक संवेदनशीलतासँग जोडिएका अर्थपूर्ण निर्णय गरेको छ । बिहीबार मात्र भारतीय कम्पनी गान्धी मल्लिकार्जुन राओ (जीएमआर)ले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको सेयर भारतकै सरकारी लगानीको सतलज जलविद्युत विकास निगमलाई बेचेपछि त्यसलाई नेपालले मान्यता दिने निर्णय गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)