फरार प्रतिवादी सात वर्षपछि पक्राउ
nepalsamaya.com · Fri May 22 07:16:59 GMT 2026
चितवन- सात वर्षअघि फरार रहेका प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले उनलाई बाराको फेटा गाउँपालिका–१ बाट पक्राउ गरेको हो।
कार्यालयका सूचना अधिकारी मनिष श्रेष्ठका अनुसार पक्राउ पर्नेमा बाराको फेटा गाउँपालिका–४ का ३० वर्षीय पन्चदेव महरा रहेका छन्। उनका अनुसार २०७६ चैत २३ गते खैरहनी नगरपालिका–९ स्थित नेपाल ग्यास उद्योग गण्डकीको कम्पाउण्डभित्र रहेको मजदुर बस्ने कच्ची घरको कोठाभित्र फेटा गाउँपालिका–३ का ४६ वर्षीय सखिचन महरा मृत फेला परेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)
नेपाल प्रहरी