मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बगरलाई उर्वर भूमिमा बदल्ने सपना: बिजलपुरामा सम्भावनाको खोजी

annapurnapost.com · Mon Jun 15 02:42:03 GMT 2026

महोत्तरी : बर्दिबास नगरपालिका–१२ बिजलपुरामा वर्षौंदेखि बगरमा परिणत हजारौं बिघा नदी उकास जग्गालाई पुनः कृषि योग्य बनाउने उद्देश्यसहित सम्भाव्यता अध्ययन थालिएको छ। बिजलपुरा रुपान्तरण अभियानको पहलमा स्थानीयवासी तथा सरोकारवालाहरूले बगर क्षेत्रलाई पुनः उत्पादनशील भूमिमा रूपान्तरण गर्ने उपायहरूको खोजी सुरु गरेका हुन्।

स्थानीय प्रमोद महतोका अनुसार विभिन्न कालखण्डमा रातु खोला र भब्सी खोलाको बाढी तथा कटानका कारण ठूलो परिमाणमा कृषि योग्य जमिन बगरमा परिणत भएको थियो। अहिले ती जमिनलाई पुनः खेतीयोग्य बनाउँदै बगरबाट बगैँचा तथा उत्पादनमूलक कृषिक्षेत्रमा रूपान्तरण गर्ने लक्ष्य अघि सारिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)