जनकपुरसँग टेक्नो र गल्फ
ekantipur.com · Thu Nov 28 23:24:27 GMT 2024
काठमाडौँ — काठमाडौं (कास)– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले बिहीबार दुई प्रायोजकसँग सम्झौता गरेको छ । टोलीले गोल्ड प्रायोजकमा टेक्नो मोबाइल र लुब्रिकेन्ट पार्टनरमा नेपाल ल्युब आयलको गल्फसँग सम्झौता गरेको हो ।
जनकपुर र टेक्नोबीच ३ वर्षे सम्झौता भएको हो । जनकपुरका महाप्रवन्धक नीरज खतिवडा र टेक्नोको आधिकारिक बिक्रेता महालक्ष्मी मोबाइल्स प्रालिका सीईओ सन्तोष भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताको आर्थिक पक्ष भने खुलाइएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)