इजरायली सेनाद्वारा दक्षिणी लेबनानमा हिजबुल्लाह सुविधामा प्रहार
barnanmedia.com · Thu Nov 28 23:20:59 GMT 2024

काठमाडौँ, १४ मङ्सिर : हिजुबल्लाह समूह र इजरायलबीच युद्धविराम सुरु भएको एक दिनपछि इजरायली सेनाले बिहीबार दक्षिणी लेबनानमा इरान समर्थित लडाकू समूह हिजबुल्लाहसँग सम्बन्धित एक सुविधामा आक्रमण गरेको बताएको छ ।
“केही समयअघि दक्षिणी लेबनानमा मध्यम दूरीका रकेटहरू भण्डारण गर्न हिजबुल्लाहले प्रयोग गरेको सुविधामा आतङ्कवादी गतिविधि पहिचान गरिएको थियो । इजरायली वायु सेनाको विमानले खतरालाई विफल बनायो”, सेनाले एक विज्ञप्तिमा भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)