मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण : निकुञ्जभित्रै पोखरी निर्माण
gorkhapatraonline.com · Mon Jun 15 02:50:14 GMT 2026

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बाँके राष्ट्रिय निकुञ्जभित्र कृत्रिम पोखरी निर्माण गरिएका छन् । बाँके राष्ट्रिय निकुञ्जको भित्री भागमा सुक्खा क्षेत्र मानिन्छ । पानीको अभावमा वन्यजन्तु पानीको स्रोत खोज्न बस्तीतिर आउने जाने हुँदा मानव–वन्यजन्तुबिच द्वन्द्वका घटना हुने गरेका छन् । अतः मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न तथा जैविक विविधताको प्रवर्धनका लागि निकुञ्जले भित्री भागमा ३० वटा कृत्रिम पोखरी निर्माण गरेको जनाएको छ ।
राप्तिसोनारी गाउँपालिका अगैयाका स्थानीय बासिन्दा प्रेमबहादुर कुमालका अनुसार पछिल्लो समय निकुञ्जभित्र पानी निर्माण भएपछि पानीका लागि बस्तीतिर आउने वन्यजन्तुको सङ्ख्या निकै कम भएको छ । जसले गर्दा समुदाय र वन्यजन्तुबिच हुने द्वन्द्व उल्लेख्य रूपमा घटेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)