लागु औषध गाँजासहित २ जना पक्राउ
annapurnapost.com · Mon Jun 15 02:53:15 GMT 2026

रौतहट : रौतहट प्रहरीले लागुऔषध गाँजा ओसार-पसार गर्ने २ तस्कर सहित मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
५ किलो ५५ ग्राम गाजा सहित प्रहरीले जिल्लाको गौर नगरपालिका-४ गढवा बस्ने राकेश कुमार कुशवाहा र सोही स्थानका सुनिल कुमार बैठा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक वसन्त गौतमले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
नेपाल प्रहरी