आकार घटाएर बजेट ल्याउँदै मधेस सरकार
baahrakhari.com · Mon Jun 15 03:05:00 GMT 2026

जनकपुरधाम । मधेस प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै छ । अर्थमन्त्री युवराज भट्टराईले दिउँसो मधेस प्रदेशसभामा बजेट प्रस्तुत गर्नेछन् ।
मधेस सरकारले चालु वर्षभन्दा करिब ६ अर्ब घटाएर बजेट विनियोजन गर्ने तयारी गरेको छ । चालु आर्थिक वर्षमा मधेस प्रदेश सरकारले ४८ अर्बको बजेट विनियोजन गरेको थियो । तर, आगामी आर्थिक वर्षका लागि मधेस प्रदेश सरकारले ४२ अर्बको बजेट विनियोजना गर्ने अर्थ मन्त्रालयले जनाएको छ ।
यस बजेटमा एक करोडभन्दा कमको योजना समावेश नरहेको बताइएको छ । साना तथा अनुउत्पादक क्षेत्रको बजेट घटाएर कृषि र स्वास्थ्यमा थपिएको बताइएको छ । उपभोक्ता समितिबाट काम नगराउने, एक करोडभन्दा कमको योजना नराख्ने र पूर्वाधारभन्दा बढी शिक्षालगायत क्षेत्रमा बजेट विनियोजन गर्नेलगायत ११ बुँदे सत्ता साझेदार दलबीच सहमति भएको छ ।
सोही सहमतिलाई केन्द्रमा राखेर यस वर्ष मधेस प्रदेश सरकारले पूर्वाधार विकासलाई प्राथमिकता दिएको छैन । गरिबी न्यूनीकरण, रोजगार सिर्जना र टुक्रे योजनालाई साइडमा राखेर दीर्घकालीन योजनामा यस वर्षको बजेट केन्द्रित हुने बताइएको छ ।
प्रादेशिक अस्पतालहरूलाई थप व्यवस्थित बनाएर १२ वटा सेवाबाट १६ वटा सेवामा विस्तार गर्ने गरी र प्रादेशिक नमूना विद्यालयको अवधारणासहित बजेट विनियोजन गर्ने तयारीमा प्रदेश सरकार छ ।
#मधेस सरकार
#बजे
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)