सरकारको सकारात्मक पहलपछि पूर्वका चिया उद्योग आजदेखि पुनः सञ्चालनमा
annapurnapost.com · Thu Jun 25 16:05:25 GMT 2026

झापा : भारततर्फ नेपाली चिया निर्यातमा देखिएको अवरोधका कारण बन्द भएका चिया उद्योगहरू आजदेखि पुनः सञ्चालनमा आएका छन्। नेपाल चिया उत्पादक संघ झापाले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारको सकारात्मक पहलपछि बन्द उद्योगहरू पुनः सञ्चालन गर्ने निर्णय गरिएको जनाएको हो।
भारतीय चिया बोर्डले जारी गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी)का कारण नेपाली चिया भारत निर्यातमा अप्रत्याशित अवरोध सिर्जना भएको थियो। यसले चिया निर्यातमा गम्भीर समस्या उत्पन्न गरेपछि झापा र इलामका चिया उद्योगहरू संकटमा परेका थिए। यस बारेमा समस्याको समाधानका लागि नेपाल सरकारले विशेष कार्यदल गठन गरेपछि उद्योगीहरू आशावादी बनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)