पछिल्लो २ महिनामा रिलिज भएका १० वटा फिल्म घाटामा, निर्माता भन्छन्- पहिल्यैदेखि यस्तै हो
kendrabindu.com · Mon Jun 15 03:18:53 GMT 2026

काठमाडौं । वैशाखयता हलहरूमा ११ फिल्म रिलिज भए । तीमध्ये ‘लालीबजार’ बाहेक कुनैले पनि नाफा कमाउन सकेनन् । वैशाख २५ गते रिलिज भएको यम थापा निर्देशित फिल्म ‘लालीबजार’ले गत सोमबार जारी गरेको चलचित्र विकास बोर्डको पछिल्लो बक्स अफिस रिपोर्टअनुसार ८ करोड ७८ लाख ५ हजारमाथिको व्यापार गरेको थियो । फिल्म अहिले पनि हलमा प्रदर्शन भइरहेको छ ।
‘लालीबजार’पछि धेरै कमाइ गर्नेमा पर्छ ‘परालको आगो’ । वैशाख ११ गते रिलिज भएको लक्ष्मण सुनार निर्देशित ‘परालको आगो’ले सोमबारसम्मको रिपोर्टअनुसार ४ करोड २८ लाखको व्यापार गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ