मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सडक सुरक्षाको काम हुँदै

gorkhapatraonline.com · Mon Jun 15 03:21:16 GMT 2026

नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत नवलपुर खण्डमा सडक सुरक्षासम्बन्धी कामसमेत अघि बढाइएको छ । सडकखण्ड निर्माण अन्तिम चरणमा पुग्नै लाग्दा सडक सुरक्षाको कामसमेत हुन थालेको छ । सडक सुरक्षाको काम अन्तर्गत यहाँ निर्माण गरिएका पुलमा सुरक्षा बार जडान गर्ने काम भइरहेको छ । कावासोतीस्थित लोकाहाखोला पुलमा सुरक्षा बार जडान गरिएको छ । यहाँ रहेको पुरानो ट्रस पुल र नयाँ पुलको दुवैतर्फ सुरक्षा बार जडान गर्ने काम सम्पन्न भएको जानकारी दिइएको छ ।

यस सडकखण्डमा पर्ने सबै पुल तथा आवश्यक पर्ने अन्य स्थानमा पनि सुरक्षा बार जडान गर्ने काम हुने आयोजनाका पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले बताउनुभयो । नवलपुर खण्डको गैँडाकोटदेखि दाउन्नेको पैँसट्ठी मोडसम्मको ६५ किलोमिटर क्षेत्रमा २५ मिटरसम्म लम्बाइ भएका २२ वटा साना पुल र २५ मिटरभन्दा लामा १२ वटा पुल निर्माण गरिएको छ । विभिन्न स्थानमा सुरक्षा बार जडान गरिएपछि सडक सुरक्षा थप व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)