मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपेन्द्र, सिके र जयप्रकाशमध्ये कसले मार्ला बाजी ?

rajdhanidaily.com · Sun Oct 16 23:11:15 GMT 2022

काठमाडौं । ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा मधेस प्रदेशको सप्तरी २ ले सबैको ध्यान तानेको छ । सो क्षेत्रमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र लोसपा नेता जयप्रकाश ठाकुरबीचको प्रतिस्पर्धाले पनि सबैको ध्यान खिचेको हो ।

यादवलाई प्रमुख विपक्षी एमालेले समर्थन गरेको छ भने ठाकुरलाई सत्तारूढ गठबन्धनको सहयोग छ । तर, यादव र ठाकुरको दुवै गठबन्धनलाई कडा चुनौती दिएका छन् डा. राउतले । डा. राउतलाई जसरी पनि विजयी गराउनुपर्ने अभियानमा केही स्वतन्त्र युवाले सहयोग गरिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)