मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संघीय संसद्को बैठक आज बस्दै, विनियोजन विधेयकमाथि छलफल सुरु हुने

annapurnapost.com · Mon Jun 15 03:21:01 GMT 2026

काठमाडौं : संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संसद् सचिवालयका अनुसार बैठक बिहान ११:०० बजे सुरु हुने कार्यसूची रहेको छ।

बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल गर्ने कार्यसूची रहेको छ । आजको बैठकमा युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा सञ्चार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयहरूका लागि विनियोजित बजेट र शीर्षकहरूमाथि केन्द्रित रहेर छलफल हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)