सर्लाहीका पालिकाहरूको खाता बन्द, खाता नखुल्दा बजेट रोकियो, दशैं खर्च संकटमा
barnanmedia.com · Thu Sep 12 22:07:29 UTC 2024

सर्लाहीका कुनै पनि स्थानीय पालिकाको खाता नयाँ आर्थिक वर्ष सुरु भएको दुई महिना बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन।
एघार नगरपालिका र नौ गाउँपालिका रहेको सर्लाहीमा खाता सञ्चालनमा ढिलाइ हुँदा विकास निर्माणका कामहरू पूर्ण रूपमा ठप्प भएका छन्।कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीले पालिकाहरूलाई खाता सञ्चालनका लागि पटक-पटक ताकेता गरिसकेको छ। दसैँ नजिकिँदै गर्दा पनि पालिकाहरूले खाता सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा नगरेको भन्दै कोलेनिकाले दबाब दिन थालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)