प्रचण्ड र बाबुरामले एउटै मञ्चबाट भन्नुभयो – जनयुद्ध आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो परिघटना
barnanmedia.com · Thu Sep 12 22:20:59 UTC 2024

काठमाडौँ, २७ भदौः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेपालमा चलेको दशवर्षे जनयुद्ध आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो ऐतिहासिक परिघटना भएको बताउनुभएको छ ।
शुक्रबारदेखि प्रसारण हुनलागेको विसं २०५२ देखि २०६२ सम्म चलेको जनयुद्धका घटनामा आधारित टेलिफिल्म ‘राधाकृष्ण’को प्रिमियर शो हेरेपछि उहाँहरूले लाखौँ जनता सहभागी भएको जनयुद्धको आवश्यकता र महत्त्व युगौँसम्म चर्चा भइरहने बताउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)