मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

उत्तरपूर्वी कङ्गोमा सशस्त्र समूहद्वारा २० जनाको हत्या

barnanmedia.com · Thu Sep 12 22:24:28 UTC 2024

संदिग्ध इस्लामिक स्टेट (आइएस) सँग सम्बद्ध एडिएफ विद्रोहीहरूले प्रजातान्त्रिक गणतन्त्र कङ्गोको उत्तरपूर्वी इतुरी प्रान्तमा २० सर्वसाधारणको हत्या गरेको स्थानीय स्रोतहरूले बिहीबार बताएका छन् ।

“पीडितहरूलाई मङ्गलबार एडिएफले छापा मार्दा एडिएफ र अन्य मिलिसिया समूहहरूको नियमित लक्षित क्षेत्र मम्बासाको बबिला बाबोम्बीमा बन्धक बनाएका थिए”, प्रहरी प्रशासक मतादी मुयापन्डीले भन्नुभयो, “१६ पुरुष र चार महिला गरी २० जना मारिएका छन् ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)