संवैधानिक परिषदमा बहुमतको धार्नी पुर्याउन खोज्दै सत्तापक्ष, राेक्ने तिगडममा प्रतिपक्ष
barnanmedia.com · Thu Sep 12 22:37:48 UTC 2024

उपसभामुख इन्दिरा राना मगर प्रकरणले अहिले नेपाली राजनीति तातेको छ। सरोकार नै नभएका व्यक्तिलाई अमेरिका लैजान भिसाको प्रक्रियामा सघाउन उनले लेखेको पत्र विवादित हो। यही कारण, उनीमाथि नैतिक प्रश्न मात्र छैन, राजीनामा नै दिनुपर्ने माग छ।
तर, अहिले संसददेखि सार्वजनिक मञ्चमा सत्ता र प्रतिपक्षबीच भइरहेको घोचपेच केवल उपसभामुख पद कसले पाउने भन्नेमा होइन। यसको मूल उद्देश्य हो संवैधानिक परिषद्मा बहुमत कसको पुग्छ भन्नेमा। प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्ले संवैधानिक निकायमा पदाधिकारी सिफारिस गर्छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अवकाशको मुखैमा छन्। तर, उनको पालामा संवैधानिक निकायमा नियुक्ति हुन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)