मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

क्षयरोगका बिरामीको खोजी

gorkhapatraonline.com · Mon Jun 15 03:43:03 GMT 2026

सल्यानको शारदा नगरपालिकाले आधुनिक प्रविधिको प्रयोग गर्दै घरघरै पुगेर क्षयरोगी पहिचान अभियान सञ्चालन गरेको छ । जोखिम समूह तथा स्वास्थ्य सेवाको पहुँच कम भएका समुदायमा क्षयरोगको समयमै पहिचान र नियन्त्रण गर्ने उद्देश्यले नगरपालिकाले बस्तीस्तरमै पुगेर एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधियुक्त डिजिटल एक्सरे मेसिनमार्फत परीक्षण अभियान सञ्चालन गरेको हो ।

अभियान अन्तर्गत २७१ महिला र १२९ पुरुष गरी कुल चार सय जनाको छातीको एक्सरे परीक्षण गरिएको छ । परीक्षणका क्रममा क्षयरोग शङ्कास्पद देखिएका ३६ जनाको खकार सङ्कलन गरी थप परीक्षणका लागि जिल्ला अस्पताल सल्यान पठाइएको शारदा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र हमालले जानकारी दिनुभयो । उहाँका अनुसार क्षयरोगको समयमै पहिचान, उपचार तथा नियन्त्रणमार्फत ‘क्षयरोगमुक्त नेपाल’ अभियानलाई सफल बनाउन नगरपालिका निरन्तर सक्रिय छ । क्षयरोगका सम्भावित बिरामीलाई छिटो पहिचान गर्न एआई डिजिटल एक्सरे प्रविधिको प्रयोग गरिएको उहाँले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)