नेपालमा सुरु भयो उबरको सेवा
shilapatra.com · Fri Jun 05 08:18:35 GMT 2026

विश्वव्यापी राइड सेयरिङ एप उबरले आजदेखि नेपालमा आफ्नो आधिकारिक सेवा सुरु गरेको घोषणा गरेको छ । कम्पनीले काठमाडौंमा औपचारिक कार्यक्रम गरी सेवा सुरु भएको घोषणा गरेको हो । कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव, पूर्वाधार विकास मन्त्रालयका सचिव लगायत उच्च सरकारी अधिकारी पनि सहभागी थिए ।
यससँगै दक्षिण एशियाका तीव्र गतिमा विकसित हुँदै गएका शहरी बजारहरूमध्ये एक नेपालमा उबरको विश्वसनीय यातायात प्लेटफर्म उपलब्ध भएको छ । नेपालमा उबरले चारपाङ्ग्रे सवारीअन्तर्गत उबर गो र उबर कम्फर्ट तथा दुईपाङ्ग्रे सवारीअन्तर्गत उबर बाइक सेवा सञ्चालनमा ल्याएको छ । यी सेवाहरूले यात्रुहरूलाई शहरभित्र आवतजावतका लागि सरल, भरपर्दो र सहज विकल्प प्रदान गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)