ओली, देउवा र प्रचण्डबीच भेटघाट
rajdhanidaily.com · Thu Sep 12 23:02:52 UTC 2024

काठमाडौं । संवैधानिक परिषद्को बैठक बस्नुअघि प्रमुख तीन दलका शीर्ष नेताका बीचमा छलफल भएको छ । संवैधानिक परिषद्ले गर्ने सिफारिसका साथै समसामयिक राजनीतिका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार शीर्ष नेताका बीचमा छलफल भएको हो । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का बीचमा छलफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)