अहमदाबाद विमान दुर्घटना : दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो
baahrakhari.com · Sun Jun 15 17:21:50 GMT 2025

अहमदाबाद । भारतको अहमदाबाद सहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीका वरिष्ठ सहयोगी पिके मिश्रले जहाज दुर्घटनापूर्वको जहाजभित्रको जानकारी राख्ने दुवै ‘ब्ल्याक बक्स’ भेटिएको पुष्टि गरे । यसअघि गत शुक्रबार पहिलो ‘ब्ल्याक बक्स रेकर्डर’ भेटिएको थियो ।
अहमदाबादबाट बेलायतको लण्डनतर्फ जाँदै गरेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान बिहीबार मध्याह्न करिब १०० मिटर (३३० फिट)को उचाइमा रहँदा दुर्घटनाग्रस्त भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)