आर्यन र परीक्षा जोडिएपछि होस्टेल ३ सुरु
rajdhanidaily.com · Thu Sep 12 23:40:07 UTC 2024

काठमाडौं । ११ वर्ष अघि निर्माण भएको चलचित्र होस्टेलको तेश्रो प्रिक्वेल चलचित्र ‘होस्टेल ३’ निर्माणको घोषणा गरिएको छ । यो चलचित्रको यसै साताबाट छायाँकन सुरुगरिने भएको छ । यो चलचित्रलाई निर्देशन सशान कँडेलले गर्दैछन् । बुधबार चलचित्रमा आर्यन सिग्देल र परीक्षा लिम्बुलाई अभिनेता अभिनेत्रीको रुपमा अनुबन्धित गरेपछि निर्माण पक्ष यतिबेला छायाँकनमा जान लागेको हो ।
यो चलचित्रमा आर्यन र परीक्षासँगै पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ लगायतका कलाकारहरूले अभिनय गर्दैछन् । आर्यन सिग्देल यो चलचित्रमा महत्त्वपूर्ण ’वार्डेन’को भूमिकामा देखिने बताएका छन् । यसअघि आर्यन र परीक्षाले चलचित्र पुजार सार्कीमा सँगै काम गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)