मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

श्रमदानबाट बन्यो ‘कल्भर्ट’

barnanmedia.com · Thu Sep 12 23:37:37 UTC 2024

काठमाडौँ, २८ भदौ : यसअघिको वर्षात्ले तुलसीपुर उपमहानगरपालिका–४ स्थित सिर्सेखोलामा बनाइएको कल्भर्ट बगायो । कल्भर्ट बगाउँदा आवतजावतमा निकै समस्या भयो । त्यही बाटो विद्यार्थी हिँड्नुपर्ने हुँदा विद्यार्थीलाई निकै जोखिम थियो ।

त्यसैलाई मध्यनजर गरी सोही ठाउँमा श्रमदान गरेर स्थानीयले कल्भर्ट निर्माण गरेका छन् । पटक–पटक ह्युमपाइप बगाउने हुँदा त्यसलाई अड्याउनका लागि ग्याविन जाली हालिएको वडाध्यक्ष तुलसी थापाले बताउनुभयो । “पटक–पटक हामीले त्यहाँ ह्युमपाइप राख्छौँ, तर अलिकति ठूलो खोला आउँदा बगाइदिने भएकाले यसपटक ग्याविन जाली हालेका छौँ”, उहाँले भन्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)