हिमालमा फैलिँदै डेंगी
ekantipur.com · Fri Sep 22 00:53:29 GMT 2023
मुगु — छायानाथरारा नगरपालिका–५ का ४७ वर्षीय खडकराज कामी झन्डै ४ दिनसम्म कडा ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्ने, शरीर दुख्नेलगायत समस्या देखिएपछि सोमबार जिल्ला अस्पताल पुगे । जाँच गर्दा डेंगी संक्रमण देखिएपछि चिकित्सकको सल्लाहमा घरमै बसेर औषधि सेवन गरिरहेका छन् ।
‘हिमालमा पनि अहिले जताततै लामखुट्टेको बिगबिगी छ,’ उनले भने, ‘सामान्य ज्वरो मात्र होला भनेको त डेंगीले ४ दिन सुताएरै छोड्यो ।’ उनका छिमेकी भद्रा विक पनि डेंगी लागेपछि ४ दिन ओछ्यानमै थला परिन् । दुवै जना अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)