मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बागमतीको बजेटमा राजस्व र करका दरमा हेरफेर

ratopati.com · Sun Jun 15 18:35:00 GMT 2025

हेटाैडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत निर्मित संरचनाबाट आयआर्जनमा जोड्ने गरी व्यवस्था मिलाउने भएको छ । बजेट वक्तव्यमा उल्लेख भए अनुसार प्रदेशको पूर्ण वा सहलगानीमा निर्माण भई स्थानीय तहलाई हस्तान्तरण हुने आयोजना/परियोजना निर्माणलाई प्राथमिकता दिई त्यस्ता परियोजनाबाट भएको आयको निश्चित प्रतिशत प्रदेशले प्राप्त गर्ने व्यवस्था मिलाउने भएको छ ।

प्रदेशको अधिकार क्षेत्रभित्रका केही करका दरहरूमा सामान्य परिवर्तन गरी अधिकांश करका दरहरु यथावत राखिएको आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारको राजस्व संकलनमा रहेका केही कानुनी अड्चन तथा अस्पष्टतालाई संघीय सरकार र स्थानीय तहसँग समन्वय गरी स्पष्ट गर्ने जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)