निस्के घडियालका बच्चा
gorkhapatraonline.com · Mon Jun 15 03:54:44 GMT 2026

। कैलालीमा दुर्लभ घडियालका बच्चा निस्केका छन् । टीकापुर नगरपालिकास्थित पथरैया नदीमा घडियाल गोहीले बच्चा कोरलेको हो ।
पथरैया नदीमा यो वर्ष अहिलेसम्म एउटा घडियालको गुँडबाट बच्चा निस्केको संरक्षणकर्मी भोजराज ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार टीकापुर नगरपालिका–७, बैदी क्षेत्रमा एउटा माउ घडियालसँग ३० देखि ३२ वटासम्म बच्चा देखा परिरहेका छन् । गुँडमा दुई वटा अन्डा भने बिग्रेको अवस्थामा भेटिएको ढुङ्गानाले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
मौसम