माग पूरा नगरेसम्म घर नफर्किने
ekantipur.com · Tue Apr 04 17:03:00 GMT 2023
काठमाडौँ — नवलपरासी पश्चिम, प्रतापपुर–४ हर्षपुराकी खुसवुन नेसाका श्रीमान् सुकुरुल्लाह मियाँले छोरीको विवाहका लागि जगदीश सुनीलसँग ६ लाख रुपैयाँ ऋण लिए । ७ वर्षअघि लिएको ऋण उनीहरूले ५ वर्षमा २२ लाख रुपैयाँ तिरिसके । सुनीलले अझै ३० लाख मागिरहेका छन् ।
‘२२ लाख बुझाएपछि पनि बारबार धम्की दिएर ३० लाख रुपैयाँ मागिरहेको छ,’ खुसवुनले भनिन्, ‘धम्की सहन नसकेर हार्ट अट्याक भएर श्रीमान् गत वैशाखमा बित्नुभयो ।’ न्यायका लागि भन्दै दोस्रोपल्ट सोमबार काठमाडौं आइपुगेकी खुसवुन मिटरब्याजी सुनीलले आफूहरूविरुद्ध अदालतमा मुद्दा दर्ता गराएर जग्गा कब्जा गरेको बताउँछिन् । उनी न्यायको माग गर्दै गत साउनमा काठमाडौं आएर ६१ दिनपछि घर गएकी थिइन् । सरकारले आफ्नो मागको सुनुवाइ नगरेको भन्दै सोमबार पुनः दालचामल, लत्ताकपडाको पोको बोकेर उनी अरू मिटरब्याजपीडितसँगै काठमाडौं आइपुगेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)