मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल

ratopati.com · Mon Jun 15 03:57:49 GMT 2026

काठमाडौं । संसदीय समितिले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा विज्ञहरूसँग छलफल गरेको छ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सोमबार विज्ञहरूसँग छलफल गरेको हो। विज्ञहरूले अपराध अनुसन्धान तथा न्याय निरूपण प्रणालीलाई वस्तुगत प्रमाणमा आधारित बनाउन उक्त विधेयकले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

उनीहरूका अनुसार वैज्ञानिक तथा वस्तुगत प्रमाणमा आधारित अपराध अनुसन्धान र फौजदारी न्याय प्रणालीको विकासमा सहयोग पुर्‍याउन, भौतिक सबुत प्रमाणहरूको वैज्ञानिक परीक्षण तथा विश्लेषण गरी गुणस्तरीय र प्रभावकारी विधि विज्ञान सेवा उपलब्ध गराउन प्रयोगशालाले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।

छलफलमा विज्ञहरूसहित विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनको पनि उपस्थिति रहेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय