‘अरब स्प्रिङ’ सम्झाउँदै सचेतक धिताल : टेम्पोमाथि चलेको बुल्डोजरको आवाज इतिहासमा धेरै टाढासम्म सुनिन्छ
nagariknews.nagariknetwork.com · Mon Jun 15 04:03:36 GMT 2026

कैलालीको गोदावरी नगरपालिका-४ मा आइतबार भएको टेम्पो प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले राज्यको क्रूरताको अनुहारको रूपमा चित्रण गरेकी छन्।
सामाजिक सञ्जाल मार्फत उनले यसले कानुनी प्रक्रिया र नागरिकको जीविकोपार्जनमाथि गम्भीर प्रश्न उठाएको उल्लेख गरेकी छिन्।धितालले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘कैलालीको गोदावरी नगरपालिका-४ मा आइतबार जे भयो, त्यो राज्यको क्रूरताको अनुहार हो जसको दर्पणमा आफ्नो अनुहार हेर्ने साहस हामी सबैले गर्नुपर्छ।’ धितालका अनुसार कथित मूलधारे व्यवस्थाले कोरेको योजनामा सर्वसाधारणको पदचाप नांगो खुट्टाको जस्तो छ, जसको 'ब्लू प्रिन्ट'मा राज्य बुट बजार्दै नाचिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)