प्रतिपक्षी र सरकारबीच सहमतिपछि कर्णाली प्रदेशसभाको बैठक सुरु
barnanmedia.com · Sun Jun 15 22:06:44 GMT 2025

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशनको १४औँ बैठक सुरु भएको छ । आइतबार दिउँसो ३ः०० बजे बस्ने भनिएको उक्त बैठक प्रतिपक्षी दल र सरकारबीच सहमति हुन नसक्दा बैठक बस्न सकेको थिएन ।
करिब १० घण्टाको छलफलपछि प्रतिपक्षी दल र सरकारबीच सहमति जुटेपछि मध्य राति ठिक १२ः०० बजेबाट बैठक सुरु भएको हो । बैठकमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीबविक्रम शाहले सरकारको आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट प्रस्तुत गर्न थाल्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)