जापानमा नेपालीबाटै ठगिए नेपाली विद्यार्थी : दर्जनौँ विद्यार्थीको लाखौँ ठगेर भट्ट फरार
ratopati.com · Fri May 22 07:37:23 GMT 2026

काठमाडौँ । जापानमा रहेका नेपाली विद्यार्थीहरूलाई काम लगाइदिन्छु भन्दै एक नेपालीले दर्जनौँ विद्यार्थीलाई ठगेको पाइएको छ । नुवाकोट घर भएर अहिले जापानको टोकियो बस्दै आएका प्रदिप भट्ट कलेज पास भएका विद्यार्थीहरूलाई फर्जी डकुमेन्ट देखाएर पैसा उठाएपछि फरार भएका छन् । भट्टलाई पैसा बुझाएका विद्यार्थीहरू भने विचल्लीमा परेका छन् ।
दर्जनौँ विद्यार्थीहरूलाई भिसाको समय थपिदिने, काम लगाइदिने भनेर भट्टले पैसा उठाएका थिए । रातोपाटीको सम्पर्कमा आएका ८ जना नेपाली विद्यार्थीका अनुसार टोकियोको विभिन्न क्याम्पस (गाको)हरूबाट ग्राजुयसन भएका विद्यार्थीहरूलाई उनले मे २० तारिखसम्ममा वर्किङ भिसा र काम लगाइदिने भन्दै प्रतिविद्यार्थी ३ लाख जापानी येन उठाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)