जुम्लाका शिक्षकविरूद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा मुद्दा दायर
ratopati.com · Fri May 22 08:46:31 GMT 2026

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालय, पेरे माथाचौरमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार न्यौपानेले माध्यमिक विद्यालय गणित (राहत) शिक्षक पदमा नियुक्ति लिन त्रिभुवन विश्वविद्यालयबाट जारी गरिएको भनिएको प्रविणता प्रमाणपत्र तह तथा स्नातक तहका झुट्टा (नक्कली) शैक्षिक योग्यताका प्रमाणपत्र पेस गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)