दूधमा आत्मनिर्भर उन्मुख बन्दै मधेस प्रदेश
barnanmedia.com · Sun Jun 15 22:21:53 GMT 2025

मधेस प्रदेश दूधमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ । कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर कार्यालय बर्दिबासको अनुदान सहयोगमा पशुपालक किसानले दुधालु मानिएका मुर्रा जातको भैंसीपालन गरेका छन् । मधेस प्रदेश चाँडै दूधमा आत्मनिर्भर बन्ने अनुमान करिडोर कार्यालयको छ ।
आयोजनाले मधेसका पूर्वपश्चिम राजमार्ग र हुलाकी मार्गले छोएका ८४ स्थानीय तहलाई समेटेको छ । यी स्थानीयतहमा पाँच हजार भन्दाबढी किसान १७९ समूहमा आबद्ध छन् । यी समूहमध्ये व्यावसायिक कार्य योजना बनाएका ११० वटा समूह अनुदान प्रकृयामा छनोट भएका छन् । हाल ११० समूहमध्ये ५८ वटा समूहलाई व्यावसायिक कार्य योजनाअनुसार अनुदानको पहिलो किस्ता उपलब्ध गराइएको छ । यीमध्ये ५० समूहमा आबद्ध किसानले भैंसीपालनको योजना बनाएको कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)