युद्धविरामपछि पनि लेबनानमा इजरायली आक्रमण जारी
nagariknews.nagariknetwork.com · Fri May 22 08:15:08 GMT 2026

इजरायली सेनाले दक्षिण लेबनानमा गरेको पछिल्लो हवाई आक्रमणमा दुई जनाको मृत्यु भएको बताएको छ। गत हप्ता इजरायली र लेबनानी अधिकारीहरूको सम्झौतामा विस्तार गरेको युद्ध–विरामको बाबजुद इजरायल र इरान समर्थित समूहले लेबनानको दक्षिणी क्षेत्रमा नियमित रूपमा गोलीबारी गर्दै आएका छन्।
केही समय अघि, आइडिएफको निगरानीले दक्षिणी लेबनानमा इजरायली क्षेत्रबाट सयौँ मिटर टाढा हिँडिरहेका दुई सशस्त्र व्यक्तिहरू पहिचान गरेको इजरायली सेनाले टेलिग्राममा पोस्ट गरेको थियो। आईडीएफले उनीहरूको पहिचान र निरन्तर निगरानी गरे पछि, ती व्यक्तिहरूलाई हवाई आक्रमण गरी मारिएको पुष्टि गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)