‘काजी’ र ‘मितज्यू’ प्रदर्शनमा
nagariknews.nagariknetwork.com · Fri May 22 07:54:40 GMT 2026

शुक्रबारदेखी दुई नयाँ नेपाली चलचित्र फरक स्वाद लिएर प्रदर्शनमा आएको छ। आज ‘फ्राइडे रिलिज’ अन्तर्गत चलचित्र ‘काजी’ र ‘मितज्यू’ प्रदर्शनमा आएको छ।
अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको चलचित्र ‘काजी’ प्रदर्शनमा आएको छ। ग्रामिण प्रेम कथामा आधारित चलचित्रले भावणात्मक प्रेम कथाको स्वाद पस्कने छ। लक्ष्मण रिजालको निर्देशनमा रहेको चलचित्रलाई ‘क्लासिक लभस्टोरी’ बताइएको छ। जहाँ नवविवाहित जोडीको कथा प्रस्तुत गरिएको छ। चलचित्रले पहिलो दिनमा १५० शो पएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)