सेवाग्राहीको घरमै राहदानी
kendrabindu.com · Fri May 22 07:39:04 GMT 2026

महेन्द्रनगर । कञ्चनपुरमा सेवाग्राहीको घर ठेगानामै राहदानी पु-याउन थालिएको छ ।
सरकारको स्वीकृत १०० कार्यसूचीअन्तर्गत को बुँदा नं २७ मा उल्लेखित सरकारी सेवा घरमै उपलब्ध गराउने नीतिअनुसार यो सेवा कार्यान्वयनमा ल्याइएको जिल्ला हुलाक कार्यालय कञ्चनपुरले जनाएको छ । घर ठेगानामै राहदानी पु-याउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय र हुलाक कार्यालयबीच गत वैशाख महिनामा सम्झौता भएको थियो । हुलाक कार्यालय कञ्चनपुरका प्रमुख सरोज पाण्डेयले बिहीबारदेखि सेवाग्राहीको घर आँगनमै राहदानी पु-याउन थालिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)