इशान र दीपेन्द्रको अर्धशतकमा नेपालले अमेरिकालाई दियो कीर्तिमानी लक्ष्य
kendrabindu.com · Fri May 22 08:04:24 GMT 2026
काठमाडौं । इशान पाण्डे र दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा घरेलु टोेली नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा अमेरिकाविरुद्ध कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रन जोडेको हो । नेपालका लागि मध्यक्रमका ब्याटर ईशान पाण्डेले सर्वाधिक उत्कृष्ट इनिङ खेले। उनले मात्र ८३ बलको सामना गर्दै ८ चौका र १ छक्काको मद्दतमा महत्वपूर्ण ८४ रन जोडे। त्यस्तै, विस्फोटक ब्याटिङ गरेका दीपेन्द्र सिंह ऐरीले आक्रामक रूपमा ३६ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ५९ रनको योगदान दिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)